धादिङका प्रदेश उम्मेदवार सापकोटाले छाडे पार्टी

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २२, २०७६

धादिङ फागुन २२ । नयाँ शक्ति पार्टी नेपालबाट ०७४ सालमा प्रदेश सदस्यमा चुनाव लडेका सल्यानकोट निवास विष्णु सापकोटाले पार्टी छाडेको घोषणा गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भए सँगै असन्तुष्टि जनाउँदै आएका नेता सापकोटाले बुधबार बाबुराम भट्टराईलाई पत्र पठाउँदै पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी छाड्नुको कारण बारे प्रष्ट्याउँदै सापकोटाले पत्रमा भनेका छन्, वैकल्पित शक्ति निमार्ण गर्ने नाममा भट्टराईको पछिल्लो राजनितिक गतिविधि र अभिव्यक्ति विरोधाभाषपूर्ण हुन थालेको उल्लेख गरेका छन् ।

भ्रम र अलमलमा रहेर आम नेपाली जनताको जिवनमा आर्थिक तथा सामाजिक विकास ठहर गर्दै समाजवादी पार्टी छाडेको समेत उनले बाबुराम भट्टराईलाई पत्र मार्फत जानकारी दिएका छन् ।