
धादिङ फागुन २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका र गल्छी गाउँपालिकामा रहेको बागेश्वरी माध्यामिक विद्यालयमा बस संचालन गर्न बागमती प्रदेशले सहयोग गरेको छ ।
“विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६” कार्यक्रम अन्तरगत धादिङका दुई बागेश्वरी मावि सहित प्रदेश भित्रको १३ जिल्लाका २५ वटा स्कुलहरु छनौट भएका हुन् ।
यस्तै नुवाकोट जिल्लाका दुई विद्यालय विद्यालय बस सेवा कार्यक्रमको लागि छनौटमा परेको छ । छनौटमा परेको विद्यालयहरुमा बेलकोटगढी नगरपालिकामा अवस्थित महादेव माध्यामिक विद्यालय र विदुर नगरपालिकामा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय रहेका छन् ।
