
धादिङ फागुन २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मलेखु बजारबाट २५ केजी लागु औंषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका ३ का २८ वर्षिय सन्तबहादुर तामाङ र ४१ वर्षिय मानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।
सोमबार राती साढे ८ बजे पक्राउ परेका उनीहरुको साथबाट २५ केजी चरेश, उनीहरुले चढेर आएको बा ४८ प ९२२५ र ३ वटा मोबाईल समेत बरामद गरिएको सूचना अधिकारी खड्काले बताए ।
