तेस्रो अन्तर्राष्ट्रिय वित्तीय सम्मेलन आजदेखि

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं फागुन १६ । तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि काठमाडौंमा शुरू हुँदैछ ।

शुक्रबार र शनिबार आयोजना हुने सम्मेलनमा १८ वटा सत्रमा ७२ वटा अनुसन्धान तथा प्राज्ञिक कार्यपत्रका साथै मौद्रिक, अन्तर्राष्ट्रिय व्यापार, श्रम, पर्यटन समावेशी र दिगो विकासजस्ता विषयमा ३० वटा विदेशी र बाँकी नेपाली विज्ञको प्रस्तुति रहने राष्ट्र बैङ्कले जनाएको छ ।

सम्मेलन आयोजना गर्नका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल माताङ्गी मास्के, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अनुसन्धान विभागका निर्देशक डा. रामशरण खरेल रहेको आयोजक समिति छ । गोरखापत्र दैनिकमा खबर छ ।