सनराईज बेकरीले मनायो छैटौं वार्षिकी

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १०, २०७६

धादिङबेसी फागुन १० । धादिङबेसी स्थित सनराईज वेकरी उद्योगले विविध कार्यक्रम र व्यापारिक अफरका साथ छैटौं वार्षिकी बनाएको छ ।

यस उद्योगबाट वर्ष भरिमा वर्थ डे केक अर्डर गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कृत गर्दै सनराईज वेकरी उद्योगले शान्तबजार फिल्महल अगाडी नयाँ पसल सनराईज फाष्टफुड क्याफे समेत संचालनमा ल्याएको छ ।

हरेक वर्ष वार्षिक उत्सवमा वर्षभरि केक खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत साईकल, ३ वटा भित्ते घढी र ५ वटा वर्थ डे केक उपहार गर्दै आएको सनराईजले यस पटक नयाँ संचालनमा ल्याएको सनराईज फाष्टफुड क्याफे कार्यक्रम गर्दै उपहार हस्तान्त्रण गरेको थियो ।