धादिङ गुप्तेश्वरी र सिद्धलेकमा शिवरात्री मेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १०, २०७६

धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र वन्यजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलको रुपमा रहेको छ ।

यी स्थानहरु मध्य गल्छी गाउँपालिकामा रहेको गुप्तेश्वरी गुफा गुफा र नलाङको सिद्धेश्वर बाबाको मन्दिरमा शुक्रबार महाशिवरात्री मेला लागेको छ ।

हजारौं भक्तजनहरु सहित आन्तरिक तथा वाह्य पर्यटकहरुको उल्यख्य सहभागिता रहेको यी दुई स्थलहरुको बारेमा केहि जानकारी

गुप्तेश्वरी गुफाः
गल्छी गाउँपालिका अन्तरगत साविकको कल्लेरी गाविस ९ अन्तर्गत पर्ने मुलाबारी गाउँको माथी नौ डाँडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गुफा भित्र भित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ ।

गाई वस्तु मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मूर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।

सिद्धलेक भनेर चिनिने सिद्धलेक बाबाको मन्दिर
सिद्धलेक गाउँपालिकाको नलाङ र सलाङ को सिमानामा रहेको सिद्धलेक बाबाको मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्ववपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मिटर अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक साविकका ४९ वटा गाविस देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन् । फोटोः नारायण सिलवाल / कपुर कुमार लामिछाने

सिद्धलेकको मिनि म्याराथुनमा दिवस थापा मगर र सुमित्रा नेपाली प्रथम