चेपेका किसानलाई बाख्रा उपहार दिईयो

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ९, २०७६

धादिङ फागुन ९ । धादिङको सिद्धलेक गाउँपालिका ५ चेपेमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बोहार फाउन्डेसन, हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिकाको साझेदारीमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङले साना किसान सबलिकरण कार्यक्रम अन्तरगत बिहिबार २४ जनालाई बाख्रा उपहार दिईएको हो ।

बाघभैरव स्वालम्बी महिला समुहले गुरुदेवी स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २/२ ओटा बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवालले आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गरेका थिए।

उपहार कार्यक्रमलाई सम्बोधन गर्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप, प्रविधि, जमिनको प्रयोग गरि आयआर्जनको लागि पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गरेका थिए ।

हाल ५९ मुल तथा उपहार समूह र उपहार महिला कृषि सहकारी मार्फत उत्पादन तथा उत्पादकत्व बृदि र बजारीकरण सम्बन्धि कार्यमा सहजिकरण तथा सहयोग गरिएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले धादिङपोष्टलाई बताईन् ।

बाघभैरव स्वालम्बी महिला समुहका अध्यक्ष ईन्द्रमाया घलेको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम कार्यक्रम अधिकृत बिशाल बस्नेत, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको सामुदायिक सहजकर्ता एकराज पण्डितले जानकारी दिए ।