धादिङ फागन ४ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव अवलोकनमा उत्साहजनक सहभागिता रहने गरेको आयोजक धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले बताए ।
स्टल र स्टेज कार्यक्रमको आर्कषणका कारण महोत्सव सुरु भएको दिन देखि नै अवलोकन कर्ताहरुको उत्साहजनक सहभागिता रहँदै आएको समेत महासचिव डल्लाकोटीले धादिङपोष्टलाई बताए ।
महोत्सवकोे आर्कषण
- जिल्लाको स्थानीय तहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
- कृषि प्रदर्शनी
- साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
- विविध साँस्कृतिक प्रदर्शनी
- पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
- स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
- हस्तकलाको प्रदर्शनी तथा विक्री वितरण
- राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
- खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
- जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
- इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री/सूचना प्रविधी सम्बन्धी जानकारी
- अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
- रमाईलो मेला/वाल उद्यान
कुन दिन कुन कलाकार आउने

