साग विजेता पवन श्रेष्ठद्वारा कराँते डोजोलाई २५ हजार सहयोग

Avatar photo
दिपेश कडेल
शनिबार, माघ ११, २०७६

धादिङ माघ ११ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार निवासी १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा जुडो विधामा नेपालका लागि कास्य पदक विजेता पवन श्रेष्ठले कराँते डोजोलाई नगद २५ हजार सहयोग गरेका छन् ।

धादिङ सल्यानटारमा रहेको नेपाल स्टोङ्गेश क्योकुशिन कराँते डोजो विकासका लागि उनले २५ हजार सहयोग गरेका हुन् ।

नेपालमा खेलाडी उत्पादन गर्न कति चुनौति पूर्ण छ त्यसमा पनि ग्रामिण क्षेत्रहरुमा खेलकुद विकासका लागि संचालन भएका संस्थाहरुमा आर्थिक समस्या मुख्य समस्याका रुपमा तेर्सिएको हुन्छ त्यसैले सानो सहयोग आफैनै गाउँको डोजोलाई गरेको हुँ जुडो खेलाडी पनव श्रेष्ठले धादिङपोष्टलाई बताए ।