
धादिङ माघ ५ । धादिङको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ, अनुभवी शब्द संकलक प्रदिप अधिकारी र पपुलर म्युजिक भिडियो निर्देशक दिपेन्द्र तिल्सिनाले एपिक नेपाल म्युजिक अवार्ड जितेका छन् ।
ज्यानै दिन्छु बोलको पप गितमा उत्कृष्ट स्वर विधामा धादिङ पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ, साह्रै मन अत्याउनी बोलको लोकगितका उत्कृष्ट लोकदोहोरी शब्द संकलन बिधामा प्रदिप अधिकारी र सार्है मन अत्त्याउनीको म्युजिक भिडियोका निर्देशक दिपेन्द्र तिमल्सिना पपुलर म्युजिक भिडियो निर्देशकको बिधामा उत्कृष्ट बन्दै “EPIC MUSIC AWARD 2020” हात परेका हुन् ।
EPIC Nepal Music Award 2076 मा Top 5 मा पर्न सफल यी ती नै जनाले भोटिङको आधारमा अवार्ड जितेका हुन् ।