
धादिङ माघ २ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ माथिल्लो गोरुजधाई प्रतियोगिता पर्यटकहरुको मनै लोभिने गरि सम्पन्न भएको छ ।
गाउँपालिकाको वडाले बुधबार आयोजना गरेको माघे सक्रान्ति पर्वको अवसरमा भएको गोरुजुधाई प्रतियोगितामा स्थानिय वडा नं. ५ का सन्तोष श्रेष्ठको गोरु प्रथम बन्यो ।
हजारौं दर्शक सहभागि उक्त प्रतियोगितामा १२ हल गोरुलाई सहभागि गराईएको थियो टिम एमा प्रतिस्पर्धा गराईएका प्रतियोगियो मध्य प्रथम पुरस्कार गोरु धनी सन्तोष श्रेष्ठले ८ हजार ७५० रुपैया जिते भने बाँकी विजेताहरु धनीहरुले ५-५ हजार र गोरुधनीहरुलाई समेत १ हजार पप्रदान गरिएकोे जित अधिकारीले धादिङपोष्टलाई बताए ।
हिमाल देखिने सुन्दर ठाउँ माथिल्लो मुलाबारीमा भएको यस प्रतियोगिताको टिम बीमा सहभागिता जनाएको गोरुहरु मध्य प्रथम हुनेलाई ५ हजार र अन्य विजयी हुने गोरुधनीहरुलाई ३-३ हजार र सहभागीता जनाउने गोरुधनीहरुलाई ५-५ सय प्रदान गरिएको समेत अधिकारीले बताए ।