चमेरे गुफा प्रवद्र्धन गर्न लोक दाहालद्वारा १ लाख सहयोग

Avatar photo
Dhadingpost
बुधबार, माघ १, २०७६

धादिङ माघ १ गते । धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टे फ्याक्सेमा आयोजित माघे संक्रान्तिको अवसरमा आयोजित गोरुजुधाई कार्यक्रममा चमेरे गुफा प्रवद्र्धनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) का सह-कोषाध्यक्ष लोकप्रसाद दाहालले व्यक्तिगत एक लाख प्रदान गरेका छन् ।

चमेरे गुफा संरक्षण समितिले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाहालले चमेरे गुफा प्रवर्धनका लागि १ लाख सहयोग पर्यटक सहित अर्को पटक गुफा अवलोकन गर्नेगरी आउने प्रतिवद्धता समेत जनाएका थिए ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने बेल्जियमका पर्यटक लिएर नेपाल आएका सह-कोषाध्यक्ष दाहालले प्रत्येक गैर आवासीय नेपालीले एक जना पर्यटक नेपाल ल्याउनु पर्ने योजना एनआरएनएले बनाएको समेत बताएका थिए ।


यी हुन् लोक दाहाल सँगै खाल्टे फ्याक्से पुगेका पर्यटन व्यवसायी र पर्यटकहरु
१. प्रोफेसर डा. लुक बुकर टिम लिडर (भि. मेड)
२. लुकमान होप
३. ब्यार्ट
४. घिडो
५. पेटर
६. पिको
७. टिमो
८. मान फ्रेट
९. दितर
१०. दोम
११. यो
१२. मिसेल
१४. सरोज न्योपाने पर्यटन व्यवसायी
१५. पेमा नर्ब लामा पर्यटन व्यवसायी
१६. हरि बरुवाल पर्यटन व्यवसायी
१७. लोक दाहाल, गैर आवासिय संघ अन्तराष्ट्रिय समन्वय समिति