सहिद स्मृति संचार सहकारीको अध्यक्षमा मनराज भण्डारी चयन

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७६

धादिङ पुस २९ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको अध्यक्षमा चयन भएका छन् ।

मंगलबार धादिङबेसीमा सम्पन्न सहिद स्मृति संचार सहकारीको १० औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नगरपालिकाका उप प्रमुख भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले गत कार्यसमितिका महासचिव सुदर्शन खतिवडालाई उपाध्यक्षमा चयन गरेको छ यस्तै अर्को उपाध्यक्षमा दिपा कंडेल, महासचिवमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष भैसकेका बोधनाथ दुवाडी, कोषाध्यक्षमा गीता अधिकारी र सचिवमा शंकर अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विष्णु श्रेष्ठ, रामेश्वर सिंखडा, नारायणी भण्डारी, अमृत तामाङ, रामशरण सेन्चुरी, ईश्वरी बहादुर लम्साल, सुरेश मगर, विपना रिजाल र शुक्र कुमार श्रेष्ठ चयन भए ।

त्यसैगरी अधिवेशनले पुष्प थपलियाको संयोजकत्चमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा कमला श्रेष्ठ, चन्द्र बहादुर लम्साल रहेका छन् ।

यस अघिका उपाध्यक्ष कमल सापकोटा भने अहिलेको कार्यसमितिमा अटाएनन् । सहकारीका अध्यक्ष जगत सिंखडाको सभापतित्वमा भएको उद्घाटन सत्रमा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मत्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

वर्ष उत्कृष्ठ संवादातामा गोरखाका लामिछाने सम्मानित

सहिद स्मृति संचार सहकारीको गत अधिवेशनमा समेत उत्कृष्ठ संवादातको सम्मान थापेका गोरखाका कृष्णबहादुर लामिछानेले यस अधिबेशनमा समेत वर्ष उत्कृष्ठ संवाददाताको सम्मान पाएका छन् ।

रेडियो बिहानीको स्थापना कालदेखि नै गोरखा आरुघाट क्षेत्रबाट संवादाताको भुमिका निर्वाहा गर्दै आएका लामिछानेलाई नगद रकम सहित सम्मान गरिएको थियो ।

रविज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार स्थगित

सहिद स्मृति संचार सहकारीले अधिवेशन उद्घाटन सत्रमा रवि ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने भनिए पनि सम्मान गरिएन ।

अधिवेशनको मिति तय गर्न बसेको कार्यसमितिको वैठकले उपाध्यक्ष मनराज भण्डारीको संयोजकत्वमा रवि ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्न समिति बने पनि अधिवेशनमा सम्मान कार्यक्रम स्थगित गरिएको थियो ।