बेनिघाट रोराङको खेलकुद उत्सव मंगलबारबाट सुरु हुँदै

Avatar photo
दिपेश कडेल
सोमवार, पुस २८, २०७६

धादिङ पुस २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा हुने विद्यालय स्तरीय खेलकुद उत्सवको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले जनाएका छन् ।

धादिङका संघीय सांसद भुमि त्रिपाठीले मंगलबार उद्घाटन गरे सँगै सुरु हुने उक्त खेलकुद उत्सवको उद्घाटन कार्यक्रममा धादिङ घर भएका १३ औं साग खेलकुदमा विजयी खेलाडीहरुलाई नगद सहित सम्मान गरिने तयारी रहेको समेत शिक्षा अधिकारी पाठकले बताए ।

बेनिघाटका ११ वटा माध्यामिक विद्यालयका विद्यार्थीले भाग लिने उक्त खेलकुद उत्सवको पहिलो चरण पुस २९ गते देखि माघ २ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेछ जस अन्तरगत भलिबल, कबड्डी, दौड, छेलो लगायतका खेलहरु हुन्छन् । दोश्रो चरणको खेलमा हृदयघातका कारण मृत्यू भएका गाउँपालिकाका प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको स्मृति कप टी २० क्रीकेट माघ ३ र ४ गते हुनेछ । यस्तै मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता माघ ५ र ७ गते हुने बताईएको छ ।

प्रतियोगिताका सबै खेलहरु चन्द्रोदय उमाविको खेल मैदानमा हुँदैछ ।

यस्तो छ खेल तालिका

बेनिघाट रोराङले सागमा विजेता धादिङका खेलाडीलाई सम्मान गर्दै

बेनिघाटमा क्रीकेट प्रतियाेगिता हुने