प्रदेश ३ काे अध्यक्षमा गणेशलाल श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
शनिबार, पुस २६, २०७६

धादिङ पुस २६ । धादिङको गजुरी गाउँपालिका आदमघाटका क्रसर तथा ट्रिपर व्यवसायी गणेशलाल श्रेष्ठ नेपाल क्रसर तथा खानी व्यवसायी महासंघ ३ नं. प्रदेशको अध्यक्षमा चयन भएका छन् ।

शनिवार काठमाण्डौंमा सम्पन्न भएकाे भेलाबाट धादिङ आदमघाटका श्रेष्ठ ३ नं. प्रदेशको अध्यक्षमा निर्विराेध चयन भएका हुन् ।

यस अघि उनी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीका निवर्तमान अध्यक्ष थिए ।

महासंघको भेलाले प्रदेश ३ काे उपाध्यक्षमा ललितपुरका विरेन्द्र महर्जन, सचिवमा सिन्धुपाल्चोकका रोशन गिरी, कोषाध्यक्षमा सिन्धुलीका कृष्णराज दाहाल सहित १३ सदस्यिय प्रदेश समिती चयन गरेकाे छ ।

जसको सदस्यहरुमा धादिङका शिव प्रसाद रेग्मी, काभ्रेका भरत प्रसाद सापकोटा, चितवनका सरोज कुंवर, मकवानपुरका शंकर न्यौपाने, ललितपुरका मदुसुधन डोटेल, रामेछापका बद्री कुमार श्रेष्ठ, काभ्रेका धनध्वज तामाङ, नुवाकोटका शिव प्रसाद अधिकारी र सिन्धुपाल्चोकका तुलसी नेपाल चयन भएका छन् ।