बेनिघाटमा तयार हुँदै नि:शुल्क कपडा घर, आईतबार उद्घाटन गरिने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७६

धादिङ पुस २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट बजारमा आईतबार देखि असाह्य गरिवहरुका लागि नि:शुल्क कपडा वितरण घर संचालनमा आउने भएको छ ।

बेनिघाट बजारका स्थानिय युवाहरुको अगुवाईमा पुस २७ गते आईतबार देखि उक्त नि:शुल्क कपडा संकलन तथा वितरण घर संचालनमा आउने बताईएको छ ।

हुनेहरुबाट सहयोग लिएर, नहुने गरिवहरुको लागि नि:शुल्क कपडा वितरण गर्ने, योजना अनुरुप संचालनमा आउन लागेको उक्त कपडा घरको गाउँपालिका प्रमख पित्तबहादुर डल्लाकोटी (हरि) ले उद्घाटन गर्ने संचालक समितिका संयोजक दिपेश कडेलले बताए ।

कपडा घरको लागि सहयोग उठुनेक्रम जारी छ, हुनेले कपडा वा नगद दिने र प्राप्त नगदबाट पनि कपडा खरीद गरी कपडा घरमा राखिने र गरिब असाह्य जो कोहीले पनि उक्त घरमा राखिएका कपडा नि:शुल्क लान सक्ने संयोजक कडेलले धादिङपोष्टलाई बताए ।

नि:शुल्क कपडा घरका लागि प्राप्त कपडा वा नगद सहयोगीकोे स्वीकृत लिएर कपडा घरको फेसबुक पेज मार्फत सार्वजनिक गरिने समेत कडेलले बताए ।