सल्यानकाेट माविलाई खेलकुद सामाग्री प्रदान

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७६

धादिङ पुस २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ सल्यानकाेट माध्यमिक विद्यालयकाे खेलकुद विकासका लागि खेलकुदकाे सामाग्री हस्तान्तरण गरिएकाे छ ।

लायन्स क्लब अफ नेपाल हाईलाईट समन्वय र Rumahedi Foundation Nepal ra stiching projection nepal काे सहयाेगमा सल्यानकाेट माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

विद्यालयका अध्यक्ष हिम बहादुर थापाकाे अध्यक्षतामा भएकाे एक कार्यक्रमका बीच लायन्स क्लब अफ नेपाल हाईलाईटका ईश्वर भण्डारीले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।