माघ १ गते फ्याक्सेकाे गाेरु जुधाउने मेलामा सक्किगाेनीका हास्यकलाकार आउने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७६

धादिङ पुस २५ । माघे संक्रान्ति नजिकिँदै गर्दा धादिङको नीलकण्ठ ५ फ्याक्सेमा गोरु जुधाइ महोत्सबको तयारी तीव्र पारिएको छ । उक्त दिन गोरु जुधाउनकै लागि अहिले सम्म १३ जना किसानहरुले आफ्नो गोरु आयोजक समक्ष दर्ता गराई सकेका छन् ।

गोरु जुधाउने दिन नजिकिँदै गर्दा किसानहरु आफ्नो गोरुलाई प्रतिद्वन्द्वि गोरु भन्दा बलियो बनाउनका लागि गोरु स्याहार र खुराक खुवानमा किसानहरु लागि परिसकेकाे फ्याक्सेबाट दिपककुमार श्रेष्ठले बताए ।

यस वर्षकाे गाेरुजुधाई माघे सक्रान्ती मेला विशेष हुने छ किनकि यश कार्यक्रममा चर्चित टेलिफिल्म सक्किगाेनीका हास्यकलाकारहरु समेत आफ्नाे कमेडी प्रहसन लिएर आउने श्रेष्ठले धादिङपाेष्टलाई बताए ।

(धादिङको फ्याक्सेलारुई उखुका लागि निकै प्रशिद्ध मानिन्छ)

फ्याक्सेको गोरु जुधाइ महोत्सबको इतिहास निकै रोचक छ । हाल गोरु जुधाईमा निकै चर्चित ठाउँ नुवाकोटको तारुका र धादिङको फ्याक्से तत्कालिन समयमा एउटै गाउँ पञ्चायत अन्तर्गत पर्दथे । स्थानियका अनुसार नेपालमा बाइसी चौबिसी राज्य रहेका बेला बझाङ्गी राजाको मामाघर खाल्टे पञ्चायत अन्तर्गत पर्ने तारुका (हाल नुवाकोट) मा थियो । र भान्जा मामाघर आएको अवसरमा भान्जालाई मनोरञ्जन गराउन राजाले गोरु जुधाउन थालेका थिए ।

सोही दिनदेखि माघ १ गते गोरु जुधाउने कार्यलाई निरन्तरता दिइएको थियो । तर पछि तारुकालाई धादिङबाट अलग्याएर नुवकोटमा गाभिएपछि तारुका र फ्याक्सेमा भिन्दा भिन्नै तरिकाले गोरु जुधाउन थालिएकाे हाे ।