बद्रीबिशालमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण हुने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७६

धादिङ पुस २५ । बेल्जियमका प्रोफेसर डा. लुक कोर्ट लगायत १२ जना अनुभवी शिक्षकहरुले धादिङको बुढाथुम स्थित बद्रीबिशाल उच्च माध्यमिक विद्यालयमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण दिने भएका छन् ।

बद्रीबिशालमा ६ दिन सम्म संचालन हुने उक्त नि:शुल्क आधुनिक शिक्षाको प्रशिक्षण जनवरी ११ देखि १६ सम्म हुने बताईएकाे छ ।

बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम स्थित बद्रिविशाल उच्च माध्यमिक विद्यालयमा हरेक कक्षामा विभिन्न तरिकाले बालबालिकालाई प्रशिक्षण गराईने प्रशिक्षणका संयोजक तथा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोक दाहालले धादिङपाेष्टलाई बताए ।

अन्तर्राष्ट्रिय भाषा, इलेक्ट्रोनिक शिक्षा, कम्पुटर शिक्षा, प्रोजेक्टर, विज्ञान, इन्टरनेट शिक्षा,पेन्टीङ लगाएत सीप-विकास र व्यावसायिक शिक्षाको बारेमा अध्यायन गराईने, प्रवक्ता राजन खकुरालले जानकारी दिए ।

उक्त प्रशिक्षणका संयोजक गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोक दाहालले गर्दै छन् । दाहाल कै सहयाेगमा यस अघि ८० लाख भन्दा बढी लागतमा यश विद्यालयकाे भवन निर्माण भएकाे थियाे ।