
विकास भण्डारी
धादिङ पुस २३ । धादिङको थाक्रे गाउँपालिका स्थित अस्थाई प्रहरी पोष्ट हाप्सेचौर चेक प्वाइन्टमा चरेस सहित एक जना पक्राउ परेका छन् ।
हाप्सेचाैर प्रहरी पाेष्टका ईन्चार्ज बाल राज गिरीको टोलीले चरेश सहित अनिष मिजारलाई पक्राउ गरेकाे हाे ।
कुलेखानिबाट काठमाण्डौ आइरहेको बा २ ख ४९७२ को बसमा चेकजाँच गर्दा मिजारकाे साथमा चरेश फेला परेकाे हाे । मिजारलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङबेसी ल्याईएकाे छ ।