किताब यात्राको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान

Avatar photo
Dhadingpost
बुधबार, पुस २३, २०७६

धादिङ पुस २३ । साहित्यकार तथा समाजसेवी पुष्पलता आचार्यको किताब यात्रा अभियानबाट उठेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।

अभियानबाट उठेको रकमबाट गजुरी गाउँ पालिका वार्ड नं ४ जलदेवी आधारभूत विधालय चिउरीखर्कमा अध्यायनरत ९० जना विद्यार्थीलाई ९० थान न्यानो कपडा वितरण गरिएको हो ।

उक्त कार्यक्रममा स्थानीय डा विनय भण्डारीबाट २५० थान बाल साहित्य कथा तथा कविताको किताब पनि स्कुललाई हस्तान्तरण गरिएको थियो ।

अभियानको लागि आदमघाट निवासी युवा व्यवसायी राजकुमार खतिवडा cafe56 , समाजसेवी तथा चेम्बर अफ कमर्सका जिल्ला कोषाध्यक्ष विनोद भण्डारी, आदमघाट अस्पतालका सञ्चालक हरि आले साथै तनहुँका हिरा ठकुरीले उल्लेख्य भुमिका निर्वाह गरेको थिए ।यो।