टुकी नेपालले शिक्षा र स्वाथ्यमा सहयोग गर्दैआएको छ -सापकोटा

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७६

धादिङ पुस २२ । टुकी नेपाल समाजले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासका लागि विशेष सहयोग गर्दै आएको अध्यक्ष, कमल सापकोटाले बताएका छन् ।

स्थानपति माध्यमिक विद्यालय नीलकण्ठ १० ज्यामरुङको ४१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सापकोटाले विगत केहि वर्ष देखि ग्रामिण वस्तीहरुमा नियमित रुपमा शिक्षा र स्वास्थ्यलाई सहयोग गर्दै आएका बताएका हुन् ।

सापकोटाले देशको विकास र सम्बृद्धिका लागि शैक्षिक विकास अपरिहार्य रहेको बताउदै सरकारी तथा नीजि विद्यालयहरुमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा लागु गर्न अति आवश्यक रहेको समेत बताएका थिए ।

टुकी नेपालले स्थानपति माध्यमिक विद्यालयको ४ कोठे भवन समेत निर्माण गरि दिएको छ भने १० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्थाका साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका धमलाको अध्यक्षता भएको उक्त कार्यक्रममा टुकी नेपाल समाजका अध्यक्ष, समाजसेवी तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा कमलको प्रमुख आतिथ्यता वडा अध्यक्ष विजयराज इटनीको विशेष आतिथ्यता तथा शङखा देवी माध्यामिक विद्यालयका प्रधानाध्यापक भोजराज पोखरेल, स्थानपति माध्यामिक विद्यालयका पुर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण लाल उप्रेती, स्थानपति माध्यामिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पाठक लगायतकोआतिथ्यता रहेको थियो ।