बसेरीमा खुल्ला फुटबल प्रतियाेगिता हुँने

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७६

धादिङ पुस २२ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा “घले ल्होसर” काे अवसरमा खेलकुद सँगै बृहत् साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

बसेरी घले समाजले माघ ३ गते आयाेजना गर्न लागेकाे “घले ल्होसर” कार्यक्रम अन्तरगत खेलकुद प्रतियाेगिता अन्तरगत ५० हजार पुरस्कार राशीकाे खुल्ला पुरुष फुटबल, छेलाे र हाँडी फुटाई खेल हुने छ भने बृहत् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुकाे बेजाेड प्रस्तुति रहने बताईएकाे छ ।

खेलकुद बिधाका खेलहरु अन्तरगत फुटबल प्रतियाेगिता पुस २५ गते देखि नै हुने छ भने छेलाे र हाँडी फुटाई खेल पुस २९ गते हुने घले समाजका किरण घलेले बताए । घलेका अनुसार साँस्कृतिक कार्यक्रम भने मनमाय वाईवा, सरुथापा, सीता लामा, चिजा तामाङ, सन्ताेष तामाङ, दिलमान घले लगायत कलाकारहरुकाे प्रस्तुति सहित माघ ३ गते हुने छ ।