‘युनिफिकेसन ट्रेल’ बनाउन सेनाकाे पैदल यात्रा सुरु

Avatar photo
Dhadingpost
सोमवार, पुस २१, २०७६

धादिङ पुस २१ । पृथ्वीनारायण शाहकालिन पोशाक सहित नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गरि एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

‘ युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने गरि सेनाले शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट पदयात्रा सुरुगरेकाे हाे ।

टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु श्रीनाथ गण , कालीबक्स गण, पुरानो गोरख गण, वर्दवाणी र सबुद गणको झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा सहभागी छ ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट आई धादिङमा रहेको श्री देविदत्त गणलाई हस्तान्तण गरेको थियो ।

टाेली रानिपाैवा, कालो ढुङगा , खहरे ,चरङगे पाैवा , चरङे , कटुन्जे , पन्धकोषे , थर्पु हुँदै भराङभुरुङ उक्त २७ गते काठमाण्डौं पुग्ने बताईएकाे छ ।