
धादिङ पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयाेजना गरेकाे विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तरगत जिल्ला र प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे धादिङको छात्रा टिमकाे पहिलाे खेल आज (पुस २० गते) हुने भएकाे छ ।
मंसिर २० गते हुने भनिएकाे याे प्रतियाेगिता साग खेलका कारण राेकिएकाे थियाे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेकाे खेल तालिका अनुसार ४ समुहमा ३-३ टिम गरि १२ टिमले सहभागिता जनाउने छन् ।
जसमा धादिङकाे गजुरी स्थित आदर्श माविका छात्रा समुह डी मा परेकाे छ ।
प्रदेशमा उत्कृष्ट प्रदर्शन गरे याे पटक राष्ट्रिय उपाधीका लागि धादिङ बलियाे टिम हाे तर विभागिय टिमहरु आर्मी, शसस्त्र र प्रहरीकाे विभागिय छात्रा टिम पनि रहेकाेले खेल अत्यन्त प्रतिस्पर्धा हुने खेल प्रशिक्षक दिपक राना बताए ।
३ नम्बर प्रदेश स्तरीय Kwiks Cup छात्रा फुटबल प्रतियोगितामा धादिङले चितवनकाे विरुद्ध १३ गाेल, दोलखा बिरुद्ध धादिङले ४ गोल र काभ्रेलाई ४ गोलले पराजित गर्दै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे अखिल नेपाल फुटबल संघ धादिङका महासचिव रामहरी थापाले बताए ।
यस्ताे छ खेल तालिका
