
धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका स्थित धुवाकोटमा भएको ल्होसार र्काक्रममा सांसद देखि चर्चित मोडल समेत सहभागिता भएको छ ।
धुवाँकोटका गुरुङ समुदायले मृग वर्गको विदाई गरि मुसा वर्गको स्वागत गर्दै बृहत साँस्कृतिक मनाईएको मनाएको ल्होसारमा प्रदेश सांसद डा. रामकुमार अधिकारी देखि चर्चित मोडल गायिका रितु तामाङ सम्म सहभागि भएका हुन् ।
धुवाँकोट तमु समाजले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद अधिकारीले ऐतिहासिक साँस्कृतिक पक्ष सँग जोडिएको तमु ल्होसारको अवसरमा शुभकामना दिएका थिए भने साँस्कृतिक कार्यक्रमलाई नेपाल कै चर्चित मोडल गायिका रितु तामाङ लगायतका स्थानीय कलाकारहरुले भरपुर मनोरन्जन दिएका थिए ।
स्थानीय धुवाँकोटबासीहरुको बाक्लो उपस्थिति रहेको उक्त ल्होसार विशेष साँस्कृतिक कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका सदस्य लक्ष्मण रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।