
धादिङ पुस १५ । धादिङको नीलकण्ठ नगरपालिका १ धुसेनीमा गोरु जुधाई प्रतियोगिता गरि गुरुङ समुदायको पर्व ल्होसार मनाईएको छ ।
वडा कार्यालयले आयोजना गरेको गोरुधाई प्रतियोगिता धुसेनीको साँस्कृतिक पक्ष सँग जोडिएको वडा अध्यक्ष गणेश गुरुङले बताए ।
गत वर्षदेखि ल्होसार विशेष गोरु जुधाई प्रतियोगिता आयोजना गर्न सुरु गरेको र प्रतियोगितामा सहभागि गोरुहरुको विमा, स्वास्थ्य उपचार र सहभागिता जनाउने र जित्ने गोरु धनीलाई नगद प्रदान गरिएको वडा अध्यक्ष गुरुङले बताए ।
मनोरञ्जन मात्र नभएर गोरुलाई तन्दुरुस्त बनाई राख्न, खानपिन देखि स्याहारमा समेत किसानहरुले ख्याल राख्ने गर्नु पर्ने हुँदा प्रतियोगिताको साँस्कृतिक पक्ष सँगै यो पर्वको विशेष रहेको उनले बताए ।
गोरु जुधाई प्रतियोगिताको कार्यक्रम संचालन स्थानिय भोजबहादुर गुरुङले गरेका थिए ।
