
धादिङ पुस १४ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ र ६ मा रहेका व्यापारिक फर्म‚ किराना पसल तथा होटलहरुमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा गरिएकाे अनुगमनमा म्याद सकिएका खाद्य तथा पिय पदार्थहरु बरामद गरि नष्ट गरिएकाे छ ।
अनुगमनमा घरेलु तथा साना उधोग विकास समितिका प्रतिनिधि‚ त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा प्रतिनिधी‚ धादिङ उधोग वाणिज्य संघका प्रतिनिधी‚ उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधी‚ ईलाका प्रहरी कार्यालय सल्यानटार धादिङका प्रहरी कर्मचारीहरु‚ राष्ट्रिय अनुसन्धान विभाग धादिङका प्रतिनीधी‚ संचारकर्मी‚ सरोकारवाला निकायहरुका प्रतिनिधीहरु लगायतको सहभागिता रहेकाे थियाे ।
म्याद सकिएकाे सामान बरामद गरि नष्ट गरिएकाे
- कुरमुरे १७ प्याकेट
- चाउचाउ ४४ प्याकेट
- सुजी ८ प्याकेट
- जुस १४ थान
- विस्कुट १८ प्याकेट
- पेय पदार्थ (विभिन्न नामक ) २६७ थान
- फुरनदाना ४ प्याकेट
- लड्डु १२ पिस
- स्प्राईट ११२ बोतल
- फान्टा ७४ बोतल
- कोकाकोला २ बोतल