
धादिङ पुस १४ । धादिङको नीलकण्ठ नगरपालिका १० ज्यामरुङमा रहेको नवदीप बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा १७५ जना सहकारी कर्मीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
नवदिप सहकारीको शनिबार भएको उक्त २० औ वार्षिक साधारण सभाको अवसरमा शेयरधनीहरुको मुटु तथा मधुमेहको सामान्य स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्यकर्मी प्रशान्त ढउन्याले धादिङपोष्टलाई बताए ।
टुकी नेपाल समाज, हनुमान डाँडा स्वास्थ्य इकाई, हड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
सहकारीका अध्यक्ष खड्क बहादुर पाण्डेको सभापतित्वमा भएको उक्त साधारण सभामा प्रदेश सांसद डा। राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
