विद्यार्थी मनोज बचाऔं अभियान जारी

Avatar photo
Dhadingpost
शनिबार, पुस १२, २०७६

धादिङ पुस १२ । धादिङको वेनिघाट रोराङ गाउँपालिका मझिमटार स्थित शंखादेवि उच्च माध्यामिक विद्यालयमा अध्ययनरत ब्लड क्यान्सर पिडित विद्यार्थी मनोज सेन ठकुरी बचाऔं अभियान जारी रहेको छ ।

आर्थिक अवस्था कमजोर कक्षा १२ मा अध्ययनरत मनोजको उपचारका लागि सुरु भएको मनोज बचाऔं अभियान अन्तरगत बागेश्वरी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरुबाट १३ हजार ४३५ रुपैंया, चन्द्रोदय उच्च मावि विशालटारका शिक्षक तथा विद्यार्थीहरुबाट २१ हजार ०३१ रुपैंया मनोजको उपचारका लागि प्रदान गरिएको छ ।

यस्तै शंखादेवि मावि मझिमटारका शिक्षक विद्यार्थीहरुले ९ रुयैंया हजार, चन्द्रोदय माध्यामिक विद्यालय बेनिटारका शिक्षक विद्यार्थीहरुले ५ हजार २५० रुपैया र बेनिशिक्षा सदन बेनिघाटबजारका शिक्षक विद्यार्थीहरुले ३ हजार रुयैंया मनोजको उपचारको लागि प्रदान गरेका छन् ।
मनोजको उपचारको लागि आर्थिक सहयोग संकलनका लागि सहज होस भनेर राष्ट्रिय वाणिज्य बैकमा १०९००००१७४०९ नम्बरको खाता खोलिएको शंखादेवि उच्च माध्यामिक विद्यालयका शिक्षक तिलक चेपाङले धादिङपोष्टलाई बताए । मनोज चेपाङको उपचारका बारे जानकारी लिन वा आर्थिक सहयोगको लागि सिधै सम्पर्क गर्न 9808592175 मा फोन गर्न सकिने समेत शिक्षक चेपाङले बताए ।

ब्लड क्यान्सर पिडित विद्यार्थी मनोजलाई आर्थिक सहयोग संकलन सुरु