अब शैक्षिक गुणस्तरमा ध्यान दिनुहोस् – सांसद अधिकारी

Avatar photo
Dhadingpost
बिहिबार, पुस १०, २०७६

धादिङ पुस १० । धादिङका प्रदेश सांसद डा. राम कुमार अधिकारीले शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् ।

नीलकण्ठ नगरपालिका स्थित पञ्चकन्या माध्यामिक बिद्यालय फ्याक्सेको ४३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गर्दै सांसद अधिकारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा राज्यले लगानी बढाएको बताउँदै शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरेका हुन् ।

बुधबार सम्पन्न उक्त विद्यालयको वार्षिक उत्सवमा बोल्दै सांसद अधिकारीले राज्यले गर्ने नीतिगत सुधारहरु गरि सकेको छ । हरेक सरकारी विद्यालयमा दक्ष शिक्षक शिक्षिका छन्, तरपनि शैक्षिक गुणस्तर राज्यले आकलन गरेको भन्दा कम निस्कने गरेको भन्दै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

वार्षिक उत्सव कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल, वडा अध्यक्ष रामकुमार श्रेष्ठ, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो ।