धादिङका सहिद जीवन थपलिया र अनिल थापाको आज स्मृति दिवस

Avatar photo
Dhadingpost
बुधबार, पुस ९, २०७६

धादिङ पुस ९ । तात्कालिन नेकपा माओवादी सुरुगरेको जनयुद्धमा जनतामाझ लोकप्रिय थिए जिवन थपलिया । त्रिपुरासुन्दरी स्थित गणेस्थान नजिकै घर भएका जिवन थपलियालाई आजैको दिन थियो एका बिहानै दर्जनौं गोली हानि हत्या गरेको ।

बैरेनीवाट गस्तीमा निस्केका तत्कालिन शाही सेनाले २०६० पौष ९ गते बिहान ७ बजे आगिन्चोक स्थित गणेस्थान घर नजिकै आँखु खोलाको किनारमा दर्जनौ गोली ठोकेर जीवन थपलियाको हत्यालाई गरेको थियो ।

त्यहि सेनाले अर्का जनयुद्धका नेता आगिञ्चिोक कास्टेका अनिल थापालाई करिब आधा घण्टा पछि गुन ठाँटी भन्ने ठाउँमा हत्या गरेको थियो ।

नेकपाले विर्सियो स्मृति दिवस

तात्कालिन नेकपा माओवादी, एमाओवादी, माओवादी केन्द्र हुँदा सम्म स्मरण गरिँदै आएको जिवन थपलिया स्मृति दिवस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने ओझेलमा परेको छ ।

अचेल सहिद तथा वेपत्ता परिवारको यो गाउँ सुनसान छ । नत नेकपाले आज स्मृति दिवस मनाउने तयारी गरेको छ, नत सहिद तथा वेपत्ता परिवारले सहिद तथा वेपत्ता परिवारको गुनासो सुन्ने र एक दिन भने पनि सहिदको सम्झना गर्न कार्यक्रम आयोजना गरेको छ ।

गणेशस्थान र हाँसेपसल जोडिएको यो बस्तीबाट जनयुद्धको क्रममा थपलिया सहित कृष्णराज थापा, सरस्वती पाण्डे, सुमित्रा थापा, कविता श्रेष्ठ, इन्दिरा श्रेष्ठ, सावित्री घिमिरे, जीतमान श्रेष्ठ, शान्ति पाण्डे सहिद भए र जनयुद्धका जिउँदा सहिदका रुपमा चिनिने रामबहादुर भण्डारीका दुईभाई छोरा सुवास भण्डारी र सुचन्द्र भण्डारी अहिले सम्म पनि वेपत्ता छन् । यो बस्तीबाट नजिकै पर्ने सल्यानकोटबाट चक्रबहादुर श्रेष्ठ, चेतनारायण श्रेष्ठ, मोहनीप्रसाद सिंखडा र नानु थापा सहिद बनेका छन् ।