चेपाङ विद्यार्थीलाई क्याल्कुलेट र खेलकुद सामाग्री प्रदान

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ३०, २०७६

धादिङ मंसिर ३० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यामिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई दिपेश कडेल र सुरज पाण्डेले क्याकुलेटर र खेलकुद सामाग्री प्रदान गरेका छन् ।

बेनिघाट रोराङ गाउँपालिका ५ को खेलकुद विकास समिति का अध्यक्ष समेत रहेका कडेल र सोहि विद्यालयका शिक्षक समेत रहेका पाण्डेले कक्षा ८ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई क्याकुलेटर र खेलकुद सामाग्री प्रदान गरेका हुन् ।

गरीबीका कारण आर्थिक अभावको चपेटामा गाँजिएका चेपाङ विद्यार्थीहरुले क्याल्कुलेटर समेत किन्न नसकेको गुनासो आए सँगै क्याल्कुलेटर र खेलकुद सामाग्री प्रदान गरिएको दिपेश कडेलले धादिङपोष्टलाई बताए ।