सहकारी स्कुल मलेखुको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २८, २०७६

निर्मल नारायण
धादिङ मंसिर २८ ।
ब्राइट फ्युचर सहकारी स्कुल मलेखुको १६ औ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाका प्रमुख अथिती एवम् बेनिघाट रोराङ गाउँपालिकाका उप प्रमुख देविप्रसाद सिलवालले सहकारी संचालन गरेको ब्राइट फ्युचर स्कुल नेपाल कै नमुना विद्यालय भएको बताएका थिए ।

बिशेष अतिथी बेनिघाट रोराङ ३ का वडाध्याक्ष भुवन त्रीपाठीले यस सहकारी स्कुल उत्कृष्ट नतिजा ल्याउनेगरेकोमा शुभकामना दिएका थिए ।

अतिथी बागेश्वरी उच्च् माविका प्रधानाध्यापक शेर बहादुर अधिकारीले आफूहरु विद्यार्थीलाई राम्रो पढाउन लागियो तर ब्राइट फ्युचर राम्रो सिकाउने गरेको पाईयो । कतिपय शिक्षण विधिहरु ब्राइट फ्युचरको अत्यन्त राम्रो भएको समेत उनले बताएका थिए ।

अतिथीहरु ज्ञानेन्द्र सिलवाल र दिवाकर कडेलले घोकन्ते बिद्याले नोकर वा दास बनाउने भन्दै प्राबिधिक तथा ब्याबहारिक शिक्षामा जोड दिन सुझाव दिएका थिए ।

साधारण सभाले सचिवको वार्षिक प्रतिवेदन, प्रिन्सिपलको शैक्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन लगायत आगामी कार्ययोजना पारित गरेको थियो ।