सानिमा बैंकको स्थापना दिवसमा रक्तदान

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २७, २०७६

धादिङ मंसिर २७ । धादिङबेसी स्थित सानिमा बैंक धादिङ शाखालेले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको १५ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित उक्त खुल्ला रक्तदान कार्यक्रममा ६२ जना रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम ४६ जना पुरुष र १६ जना महिला गरी ६२ जनाले रक्तदान गरेका थिए ।