
धादिङ मंसिर २६ । “श्रममैत्री ईट्टा उद्योग, ईट्टा उद्योग मैत्री नीति र स्थानीय शासन” भन्ने नारालाई यति टायल एण्ड ब्रिक इण्डट्रिजले प्रतिबद्धता जनाए सँगै श्रमीक मैत्री बन्दै गएको छ ।
थाक्रे गाउँपालिका धार्केमा रहेको यति टायल एण्ड ब्रिक इण्डट्रिजले आफ्नो प्रतिवद्धता अनुरुप कामदारहरुको स्वास्थ्य तथा दुर्घटना विमाको लागि १ दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
उद्योगमा काम गर्ने सम्पूर्ण कामदारहरुको लागि उद्योगले नै श्रमऐन अनुसार ७ लाख को दुर्घटना विमा र १ लाखको स्वास्थ्य विमा गरिएको उद्योगी माधव गजुरेलले जानकारी दिए ।
स्वास्थ्य तथा दुर्घटना विमा सेवाबाट कामदारहरु प्रत्यक्ष रुपमा लाभविन्त हुनेछन् । यति टायल एण्ड ब्रिक इण्डट्रिजले ईट्टा उद्योगले यस अघि नै बिबिएनको ५ वटै मापदण्ड पुरा गरि जिल्लाको पहिलो प्रमाणिकरण उद्योग हुन सफल भएको भएको गजुरेलले बताए ।
धादिङ जिल्लाको ५ वटा ईट्टा उद्योगहरुमा ग्लोबल फियरनेश इनिसियटिभ काठमाण्डौ र प्रयास नेपाल धादिङको सहजिकरण पछि अझ व्यवस्थित रुमा ईट्टा उद्योगलाई संचालन गर्न र तोकिएको मापदण्डहरु पूर्ण रुपमा लागु सहज भएको उनले बताए ।
मंगलबार उद्योग भएको अभिमुखिकरण कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनिका जिल्ला प्रमुख सिताराम अर्याल, शिवदर्शन अस्पतालका डाक्टर सुमन शेरचन, शिखर इन्स्योरेन्स कम्पनि धार्के शाखाका विवेक भण्डारी, प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुनिता कडेल लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा श्रमिक र उद्योगी एक अर्कोको परिपुरक भएकाले उद्योगले श्रमिकमैत्री कार्य शुरुवात गरेको छ यसलाई निरन्तरता दिनु पर्ने सरोकार पक्षले जोड दिएका छन् ।
अभिमुखिकण कार्यक्रममा ३४ जनाको सहभागिता रहेको प्रयास नेपालका सामाजिक परिचालक बिष्णु अधिकारीले जानकारी दिए ।
