जीवनमा नयाँ उर्जा मिल्यो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २५, २०७६

धादिङ मंसिर २५ । सूर्योदय साना किसान सहकारीमा आबद्ध महिलाहरुले संस्थाले संचालन गरेको सकारात्मक सोच तथा नेतृत्व विकास तालीमले जीवन जीउने कला सिक्नुको साथै जीवनमा नयाँ उर्जा मिलेको बताएका छन् ।

आफ्ना शेयर सदस्यहरुलाई सकारात्मक सोच तथा नेतृत्व विकास तालीम प्रदान पछि तालिममा सहभागी महिलाहरुले उक्त भनाई राखेका हुन् ।

सहकारीले शेयर सदस्यहरुको क्षमता विकास स्वनेतृत्वको भूमिकालाई ख्याल गर्दै ३ दिने सकारात्मक सोच तथा नेतृत्व विकास तालीम संचालन गरिएको अध्यक्ष हरि घिमिरेले बताए । मंसिर २२ गते आईतबारबाट नीलकण्ठ १२ पचघरेमा संचालित तालीम मंगलबार सम्पन्न भएको थियो ।

सूर्योदय साना किसान सहकारी संस्थाको व्यवस्थापन तथा प्रयास नेपाल धादिङको सहयोगमा संचालित तालीममा विकास के हो ? विकासमा नेतृत्व किन, नेता, नेतृत्व र नेतृत्व शैलिहरु,नेता नेतृत्व भनेको के हो ? कति किसिमको नेतृत्व शैलि हुन्छन्, कस्तो किसिमको नेतृत्व शैलि राम्रो हुन्छ, नेतृत्वमा हुनुपर्ने असल गुण, शैली र दृढ निश्चयी नेतृत्व, स्व नेतृत्व भनेको के हो ? स्वनेतृत्व किन चाहिन्छ, स्वनेतृत्वको विकास कसरी गर्दै जाने प्रक्रियाको बारेमा जानकारी गराईएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।