जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता पुस ११ देखि हुने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २५, २०७६

धादिङ मंसिर २५ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले पुस ११ र १२ गते जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता गर्ने भएको छ ।


३३ वटा मेडलको लागि हुने खेलमा २७५ जना खेलाडी सहभागी हुने राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।

स्थानीय स्तरका विद्यालय क्लबहरुबाट खेलाडीहरु छनौट गर्दै धादिङ जिल्लाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने अभिप्रायले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष तामाङ बताउँछन् ।


धादिङबेसीमा हुने प्रतियोगितामा पुम्से (pattern) र क्योरोगी (sparring) गरि २ इभेन्टमा हुने छन् ।