
धादिङ, मलेखु मंसिर २३ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले गरेकाे माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माध्यमिक विद्यालय प्रथम भएकाे छ ।
गाउँपालिका भित्र रहेका २ निजी विद्यालय सहित ११ माध्यमिक विद्यालयले भाग लिएका उक्त प्रतियाेगितामा चन्द्रोदय माध्यमिक विद्यालय बेनिघाट द्धितीय, शङ्खादेवी माध्यमिक विद्यालय मझिमटार तृतीय र हर्कपुर माध्यमिक विद्यालय सान्त्वना भएका भए ।
अाईतबार भएकाे यस प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई कापी, कलम र शैक्षिक सामग्रीहरुद्धारा पुरस्कृत गरिएकाे थियाे ।
