मंसिर २३ । हाडनाताकरणी मुद्दा लागेका नीलकण्ठ नगरपालिका स्थिति सुनाैलाबजार देउरालीछापका अम्मर बहादुर रानामगर २२ वर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला अदालत धादिङले २०५४ बैशाख ३१ गतेको फैसलाबाट १० महिना कैद र रु.१०००/- (एक हजार) जरिवाना ताेके सँगै फरार रहेका रानामगरलाई प्रहरीले २२ वर्ष पछि पक्राउ गरेकाे हाे ।
नीज थापामगरलाई धादिङ जिल्ला अदालतकाे अादेश अनुरुप सो कैद भुक्तानको लागि कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।