फुलखर्कका हरि रिमालले जिते कस्य पदक

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २१, २०७६

धादिङ मंसिर २१ । धादिङका गंगाजमुना गाउँपालिकाका हरिकुमार रिमाले नेपालका लागि कास्य पदक जितेका छन् ।

सातौं राष्ट्रिय खेलकुल अन्तर्गत एथलेटिक्स खेलका स्वर्ण पदक विजेता रिमालले १३ साग खेलकुद महाकुम्भमा कास्य पदक जितेका हुन् ।

त्रिभुवन आर्मी क्लबबाट सागमा प्रतिपर्धा गरेका रिमालले ५ हजार मिटरको दौड १४ मिनेट ५७।०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका हुन् ।

यसो सँगै सागमा सहभागि धादिङका ३ जना सहरेकी सन्जिता सिमल्सिना, चैनपुरकी सन्तोषी श्रेष्ठ र सिद्धलेक कालीदहकी सोनी गुरुङ ले स्वर्ण र रिमालले कास्य गरि ४ पदक जितेका छन् । अब धादिङका ३ खेलाडी सहभागि बक्सिङको जतिजा आउन बाँकी छ ।