
धादिङ मंसिर १९ । धादिङको निलकण्ठ नगरपालिका स्थित लामोस्वाति बगरमा अबैध रुपमा जन्य सामाग्री निकाल्दै गरेको एक्साभेटरलाई नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई बझाएका छन् ।
बिहिबार दिउँसो थोपल खोलाबाट नदि जन्या पदार्थ (ढुंगा, गिट्टी, बालुवा र ग्राबेल) उत्खनन गरि रहेको अवस्थामा एक्साभेटर सहित मिसिनेरि औजारहरु नियन्त्रणमा लिई स्थानियले साँझ प्रहरीलाई बुझाएका हुन् ।
अवैध रुपमा थोपलखोलामा एक्साभेटरले नदीजन्य सामाग्री निकाली रहेको भन्ने थाहा पाएपछि निलकण्ठ नगरपालिका वडा नम्बर १२ आँपस्वांरा, जमुनेचौर, पिडालिगाउ , पिप्ले,र बारमुरेका स्थानीयहरु थोपल खोला लामोस्वति बगर पुगेका थिए ।