भुतपुर्व शिक्षक तथा विद्यार्थी मञ्चद्वारा बद्रि विशाललाई चारलाख प्रदान

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १८, २०७६

धादिङ मंसिर १८ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बद्री विशाल माध्यामिक विद्यालयलाई भुतपुर्व शिक्षक तथा विद्यार्थी मञ्चले ४ लाख १ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेको छ ।

मञ्चमा आवद्ध भुतपूर्व शिक्षक तथा विद्यार्थीहरुले आफु पढेको वा आफुले पढाएको विध्यालयको विकास र सम्वृद्धिको लागि अक्षयकोष संचालनार्थ उक्त रकम प्रदान गरेका हुन् ।

असहाय र जेहेन्दार बालबालिकाको अध्ययनमा सहयोग , खेलकुद अतिरिक्त क्रियालापमा सहकार्य, शैक्षिक गुणस्तर विकासका लागि उक्त अक्षयकोष प्रयोग गरिने बताईएको छ ।

मन्चकाका अध्यक्ष कृष्ण अधिकारीको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त रकम हस्तान्त्रण कार्यक्रममा वडा अध्यक्षहरु बाबुराम न्यौपाने र भक्तबहादुर लामिछाने, विद्यालयका प्रधानाध्याक चुणामणि अधिकारी, विद्यालय व्यवस्थापन समितिका संयोजक मानबहादुर घले लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भुत पूर्व शिक्षक विद्यार्थी मञ्चका ऊपाध्यक्ष राजन अधिकारी, महासचिव दिपक दाहाल, सचिव भिम प्रसाद काप्री, सदस्यहरुगोपाल श्रेष्ठ, शिशिर नेपाली, सल्लाहकारहरू तथा पूर्व क्षिक्षकहरू तेज ब. धमला, ईन्द्र ब. श्रेष्ठ स्कुल संस्थापक अध्यक्ष तथा पूर्व शिक्षक कृष्ण ब. दाहाल लगायतको उपस्थिति रहेको थियो ।

अक्षयकोषमा सहयोग गर्न चाहानु हुने जो कोहि समाज सेवीहरुले सहयोग गर्न सक्ने र ५ हजार भन्दा बढी अक्षयकोषमा रकम जम्मा गर्ने व्यक्तिको नाम ताम्रपत्र र सिलापत्रमा समावेश गरिने बद्रि विशाल मावि भु. पु. शिक्षक तथा बिधार्थी मन्चका प्रचार विभाग प्रमुख गोपाल श्रेष्ठले धादिङपोष्टलाई बताए ।