तेरो केटाले मलाई कल गरेको थियो …

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १८, २०७६

फेसबुक चलाउने क्रममा एउटा ट्रोल आउछ, स्कुल पढ्दा बेन्चमा सङै बस्ने साथीलार्य मेन्सन गर्नुहोस् ।

म सरर छाडेर तल झर्छु फेरि मन मान्दैन माथितिरै फर्कन्छु र कमेन्ट बक्समा रितु श्रेष्ठलाई मेन्सन गरेर म पुर्ण न्यू फिड हेर्न थाल्छु । केहि तल पुगेको हुन्छु फेरि मेम्सन योओर बेस्टफ्रेनको ट्रोल आउछ । फेरि कमेन्ट बक्समा रीतु श्रेष्ठ गर्छु ।

साथी भनेको त जस्तो होस, त सानोमा यस्तो थिस, त र म भएर यहाँ घुम्न जाम, यो मलाई गिफ्ट गर जस्ता यी सम्पुर्ण ट्रोलहरु तलाई मेन्सन नगरी चित्तै बुझ्दैन मलाई ।

खै त सङ म्यासेजमा कुरा हुँदैन । त अन आउदा म अफ अनि म अन आउदा त अफ । तै पनि कति गाढा प्रेम यो ? त सङ मैले तेहि ६ कक्षा देखि १० सम्मन पढेकी हुँ । तै पनि यत्ती प्यारो ? त्यो भन्दा पछि न हामी सङै पढ्यौ, न हामी सङै बस्यौ, न सङै खेल्यौ, न सङै हाँस्यौ नाच्यौ कुदेेेेअाै नै ।

तैपनि कत्ती प्यारी तँ ? मुस्किलले दुई तीन हप्तामा फोनमा कुरा हुन्छ तै पनि एकछिनमा नै कुरा सकिन्छ । हामी दिनानु दिन कुरा गर्छौ अनि हामी एक अर्कालाइ हाम्रो बारेमा सब थाहा छ । यस्तो निकटता किन त सङ ?

हामी बीचमा पनि कहिले यहाँ जाउ कहिले वहाँ जाउ जस्तो कुरा नभएका हैनन् तर कहि गएनौ । सङै बसौं, खाउ खेलौ, कुदौ जस्ता कुरा पनि नभएका हैनन तर कहिले समिप आएनौ तै पनि कहिले दुर भएनौ ।

अरु त अरु, अझै पनि गाउँ तिर म एक्लै हिड्दा रिता कहाँ गयो भनेर सोध्छन मलाइ, तलाइ पनि सोध्छन सायद चमेली खोइ ? तेरो मोबाइलमा फोन नलाग्दा पहिले फोन मेरो मोबाइला आउँछ सायद मलाई न लाउदा पनि तेरो म आउछ ।

अझ ति पुराना दिन, त सङ नजिक हुन मान्छे म सङ कुरा गर्थ्ये मानौ मेरो मन्जुरि भए तैले जे पनि मान्छस जस्तो ।

हेर अब यसरी हुन्न हामी यसरी बस्न हुन्न अब केहि गर्नु पर्छ । समाजले हिजाे हामी दुईलाई मिल्ने साथीका रुपमा हेर्थे अब समाजको लागि केहि गर्नु पर्छ ।

गर्न चाहि के गर्ने ? अँ तैले फेसबुकको मेसेन्जरमा एउटा मेसेज पठाएकी थिईस नि ! जन्म दिनको बारे । हो समाज रुपान्तरणको लागि ठुलो योजना र पैसा चाहिन्न । आफु सँग सोच र सपना भए पुग्छ ।

मैले मेरो जन्म दिनको अवसरमा तलाई गाउँ लिएर जाने सोचमा छु । गाउँका असाह्यहरुको पहिचान गर्दै, टिका-टालोबाट आएको पैसा, चुईकम नखाई, चटपटे नखाई राखेको पैसा सहयोग गर्छु । जानु पर्छ ल ?

अँ मैले भनेको नमानेको पो कहाँ छेस र, तैले, तेरो मेरो साथी भाई सबैलाई आफ्नो जन्म दिन यसैगरि मनाउने सल्लाह गरौं । अब हामी वर्षले २० काटि सक्यो समाज रुपान्तरणका लागि ठुलोबाट हैन सानोबाट सुरु गरौं । तैले र मैले नगरे कल्ले गर्ने गाउँको पढेलेखेको पछिल्लो पुस्ता हामी हैन र ?

तँ र म एक हप्ता यो जाडो बिदामा गाउँ गएर गाउँका आमा दिदी बहिनीहरुलाई घरलु हिंसा न्यूनिकरणका विषयमा सचेना जगाउनु पर्छ । अनि सुन्न त्यो आत्म रक्षा तालिम नि चलाउने है ?

आज बेलुका म तलाई कल गर्छु है ? त सँग गर्नु पर्ने कुरा कत्ति छ । तेरो लभ परेको केटाले मलाई कल गरेको थियो नि ………….. ।

प्रकाशित मितिः ०७६ मंसिर १८ गते