आगिञ्चोकका काँग्रेस कार्यकर्ता नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङ मंसिर १७ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक छापथोक नेपाली काँग्रेसको राम्रो संगठन भएको क्षेत्रको रुपमा चिनिन्छ ।

यहि काँग्रेको पकट क्षेत्र छापथोकबाट १२ जना कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

नेकपा प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका सक्रिय पार्टी सदस्य रेशम बहादुर भण्डारीको नेतृत्वमा जित बहादुर ब. क., साने परियार, तिलक बहादुर बुर्लाकोटी, अर्जुन बहादुर शाह, पदम बहादुर शाह, तारा बहादुर भण्डारी, रुपा कुमारी भण्डारी, कान्छी भण्डारी, रजनी कुमारी भण्डारी र कृष्ण बहादुर बुर्लाकोटी रहेका छन् ।

उनीहरुलार्ई गाउँपालिकाका प्रमुख एवम् नेकपा धादिङका नेता शम्भुकुमार थापाले टिका र अविर लगाई पार्टी प्रवेस गराएका थिए ।

नेकपा स्थानीय नेता गोकर्ण शाहको सभापतित्वमा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा नेताहरु हरि बहादुर वि. क., श्याम बहादुर पाठक, मदन कुमार श्रेष्ठ, सम्भु थापा, नवराज थपलिया, देव बहादुर बसौला लगायतको आतिथ्यता रहेको थियो ।