नि:शुल्क ट्यूशन पढाउँछन् प्रध्यानाध्यापक

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १६, २०७६

धादिङ मंसिर १६ । शिक्षकले विद्यार्थीको शैक्षिक सुधारका लागि स्कुल समय भन्दा बाहेक पनि नि:शुल्क ट्यूशन पढाउँछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङ स्थित लामा स्थान आधारभूत विद्यालयका प्रधानाध्यापक डामान सिंह गुरूङले कक्षा ८ का विद्यार्थीलाई स्कुल समय पछि दैनिक एक घण्टा नियमित निःशुल्क ट्यूशन पढाउँदै आएका छन् ।

प्र. अ. गुरूङ भन्छन्, विद्यार्थीलाई सिकाउनु शिक्षकको दायित्व हो, सबै शिक्षकले स्कुल समय पछि पनि नि:शुल्क अतिरिक्त कक्षा लिनुपर्छ भन्ने हैन । तर आफु भने दैनिक १ घण्टा विद्यार्थीलाई नि:शुल्क पढाउने गरेको छु ।

कुनै सस्तो लोकप्रियताका लागि नभई विद्यार्थीहरुको गुरुका हैसियतले कक्षा ८ का विद्यार्थीहरुलाई दैनिक एक घण्टा नि:शुल्क पढाएको हुँ, उनी बताउँछन् ।

प्र. अ. गुरुङको कामलाई प्रशंसा गर्दै वडा प्रमुख तिलक थापामगर भन्छन् प्रअ गुरूङको यो कार्य प्रशंषनिय रहेको छ । हरेक शिक्षकले आफ्नो विषयमा विद्यार्थीलाई अब्बल बनाउन थप पैसा लिएर ट्यूशन/कोचिङ पढाउने चलनको अत्य गर्न दवाव पैदा भएको समेत प्रमुख थापामगरले बताए ।