धादिङ मंसिर १५ । धादिङबेसीमा जारी कृषि पर्यटन महोत्सव तथा व्यापार मेलाको साँस्कृतिक प्रस्तुतिका लागि आज राष्ट्रिय रुपमा अख्याति प्राप्त कलाकारहरु आउने भएका छन् ।
शिखरिणी सहकारीले आयोजना गरेको यस महोत्सवमा आज हास्य कलाार दमन रुपाखेती, शिवहरी पौडेल, बबिता बानियाँ र अन्य कलाकारहरु सरोज लामिछाने, डिजराज पौडेल, सितालामा, अमृत सापकोटा, रुपक परियार लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।