धादिङ मंसिर १३ । नेपाली काँग्रेस धादिङका नेता डा. राजाराम कार्कीलाई धादिङमा नचिन्ने कमै छन् ।
धादिङको भैरवि हाई स्कुलमा नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष बन्दै राजनितिक यात्रा गरेका डा. कार्कीले आफ्नो ४५ वर्षिय राजनितिक यात्राका बारे आफ्नो फेसबुकमा पोष्ट गर्दै यसरी स्मरण व्यक्त गरेका छन् ।
२०२९ सालमा भैरबी हाई स्कूलबाट ने.बि.संघको अध्यक्ष बनेर आफ्नो राजनीति सुरू गरेको आज ४५ वर्ष भएछ । वी.पी.,गणेशमानजी र किसुनजीलाई आफ्नो आदर्श पुरूष ठानेर अघि बढे ।
अव पनि म दृढताकासाथ संघर्ष गरिरहनेछु । मलाई लाग्छ- संघर्ष जीवनको एउटा अन्तरंग यात्रा हो । नेपाली कांग्रेसको आदर्श: राष्ट्रियता, लोकतन्त्र र समाजवादबाट प्रभावित भएर करिव २० वर्ष ने.वि. संघमा काम गरे, ५ वर्ष तरूण दलमा काम गरे (के .स .देखि केन्द्रीय सचिव सम्म भएर) र २५ वर्ष नेपाली कांग्रेसको क्रियाशिल सदस्य देखि केन्द्रीय सदस्यसम्म भएर काम गरियो ।
यो अवधिमा वर्षौंको जेल जीवन पनि बिताइयो । मलाई लाग्थ्यो – राजनीतिक भनेको पद र पैसा प्राप्त गर्ने सामान्ने खेल होइन, यो त महान लक्ष्य प्राप्त गर्ने जीवन र मरणको संघर्ष हो । मेरो ठम्याई के थियो भने-हाम्रा यी महान लक्ष्य भनेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद हुन ।
यसका लागि हामीले कि मृत्यु कि मुक्ति भनेर पंचायत विरूध्द अन्तिम संघर्ष गरेउँ । विजयी पनि भइयो, तर आज दुख लाग्छ, किन ?
१. कांग्रेसका नेताहरूमा विवेकको खडेरी परेको छ । पार्टी भित्र चाकडी, चुक्ली र चाप्लुसी मौलाएको छ । केन्द्रीय समिति एक पटक चुनाव लडेर हारिसकेका दासहरूले भरिएका छन । टिकट वितरणमा घोर अन्याए र अत्याचार भएको छ ।
२. उनीहरू (कथित नेताहरू) दे़श,जनता र पार्टीको होइन, आफ्नो स्वर्थ्यलाई केन्द्रमा राखेर काम गरिरहेका छन् । त्यसैले व्याक्ति त बने तर देश र जनता भने बन्न सकेनन् । उदाहरणका लागि उत्तर र दक्षिणसंग तुलना गरेहुँन्छ यो देशलाई , युरोप-अमेरिका नपुगे पनि । हो ! त्यसैले राष्ट्रियता, लोकतन्त्र र समाजवाद धरापमा परेको छ ।
३. कुनै पनि पार्टी आफ्नो आदर्शको गुणगान गाएर मात्र जीबित रहन सक्दैन । आदर्शलाई यथार्थतामा परिणत गर्नु सक्नु पर्दछ, कांग्रेस यसमा सम्पूर्णरूपमा असफल भएको छ । यिनै कारणले सर्वमान्ने नेता गणेशमानजी र सन्त नेता किसुनजीले समेत जीवनको उत्तरार्धमा पार्टी परित्याग गर्न वाध्य हुनुभएको थियो ।
कांग्रेसका केन्द्रीय नेताहरूका यिनै अकर्मण्यताका कारण विश्वबाट उन्मूलन भैसकेको कम्युनिजमको उर्वर भूमि बनेको छ, यो देश नेपाल । देश कम्यूनिजमबाट संक्रमित भएको छ । मलाई थाहा छैन-इतिहाँसको गर्वमा के छ ? तर मलाई यति अवस्य थाहा छ-कांग्रेसका नेताहरूको यी विवेक हिनता र अकर्मण्डेता नरोकिए, कांग्रेसको राजनीति पद र पैसा प्राप्त गर्ने सामान्य खेल मात्र हुनेछ ।
इमानदार नेता-कार्यकर्तालाई पार्टी छाड्न वाध्य बनाइनेछ।त्यस पछि कांग्रेस पार्टी कसको कब्जामा हुन्छ ? अनुमान गरौँ ! युवाहरूमा अहिलेनै कांग्रेसकाप्रति बितृष्णा पैदा हुन सुरूभएको छ । जव कांग्रेस समाप्त हुनेछ , तव राष्ट्रियता र लोकतन्त्र दुवै संकटमा पर्ने छन् ।
मलाई एउटा कुरो के पनि थाहा छ भने ९९% मनिस आफ्नो गल्ति देख्दैनन् । हाम्रा नेताजीहरूले आफ्ना गल्ति देख्ने त कुरै भएन । तर मैले उहाँहरूको प्रसंशा र कदर गर्ने ठाउँ पनि त कतै देखिन । हामी सवैले एक पटक गंभिर भएर सोचौँ ! ?? ! देश एक पटक बिकराल जेल नबनोस् ! देश उत्तर कोरिया नबनोस् ! जय मातृभूमि !! जय नेपाल !!!