
धादिङ मंसिर १० । धादिङ जिल्लाको ऐतिहासिक त्रिपुरासुन्दरीको धार्मिक मेलामा को अवसरमा खुल्ला 7A साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
त्रिपुरासुन्दरी धार्मिक मेलामा विगत केहि वर्ष देखि नियमित रुपमा हुँदै आएको फुटबल प्रतियोगितामा यस वर्ष पनि १८ टिमले सहभागिता जनाउँदै सुरुभएको हो ।
न्यू त्रिपुरासुन्दरी युवा क्लवले आयोजना गरेको यस फुटबल प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ का सचिवालय सदस्य रामबहादुर भण्डारीले उद्घाटन गरे सँगै खेल सुरुभएको थियो । खेल मंसिर १३ गते बिहान सम्म चल्ने छ ।
यस नवौं त्रिपुरासुन्दरी कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार, दितिय पुरस्कार राशी ३० हजार र तृतिय पुरस्कार २० हजार रहेको छ ।
फिफाको नियम अनुसार खेलाईने यस फुटबल प्रतियोगिताको बिजेतालाई मंसिर १३ गते हुने भव्य साँस्कृतिक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने बताईएको छ ।
क्लवका अध्यक्ष दिपेन्द्र शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख शम्भु थापा, उप प्रमुख देवि कुमारी पाण्डे, हरि अधिकारी(आशिष), सुवास अधिकारी (दर्पण), वडा नं. ७ का वर्डा अध्यक्ष देवराज धरेल लगायतको विषेश आतिथ्यता रहेको थियो ।
यी हुन् प्रतियोगितामा सहभागि १८ टिम
१. न्यू त्रिपुरा युवा क्लव
२. थापथोक युवा क्लव
३. सल्यानटार युवा विकास समाज सल्यानटार
४. सल्यानटार युवा क्लव
५. सल्यानी युवा क्लव
६. बाघ भैरव युवा क्लव
७. सुकौरा युवा क्लव
८. आँखुखोला युवा क्लव
९. ब्लाक हन्ड्रेड युवा क्लव
१०. चरङ्गे युवा क्लव
११. बर्दिया युवा क्लव
१२. सिकटार युवा क्लव
१३. न्यु त्रिपुरा युवा क्लव बी
१४. न्यु त्रिपुरा युवा क्लव सी
१५. नागेश्वरी युवा क्लव
१६. मिरमिरे युवा क्लव
१७. कुमारी देवि युवा क्लव
१८. डाँडागाउँ युवा क्लव