बेनिघाट रोराङ ३ को वडा कार्यालय भवन उद्घाटन

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ८, २०७६

धादिङ मंसिर ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ को कार्यालय भवन आज उद्घाटन गरिएको छ ।

विकास निमार्णका लागि नयाँ मोडल प्रयोगमा अब्बल मानिदै आएको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ को ७ कोठा सहित सुविधा सम्पन्न हल भएको कार्यालय भवन धादिङका संघीय संसाद भुमि त्रिपाठीले उद्घाटन गरेका हुन् ।

वडा अध्यक्ष भुवन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरी), अन्य जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद त्रिपाठीले वडाको भवन उद्घाटन गर्नु पूर्व बेनीघाट रोराङ ३ को सलाङघाटमा स्वास्थ भबन सिलन्यास गरेका थिए ।